११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

८२ वर्षको उमेरमा सम्बन्धविच्छेद

८२ वर्षको उमेरमा सम्बन्धविच्छेद
अ अ+ अ-

चरीकोट । उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे। दुई छोरा र दुई छोरीका बुवाआमा भए। ती दिन कम्पता रमाइला थिएनन्। तर, बुढेसकालमा उल्टो भएको छ। घरपरिवार र सम्बन्धजस्ता कुरामा उनलाई वितृष्णा जागेको छ।

‘त्यो बेला दुःखसुख गरी घर सम्हाले’ देलखाको गौरीशंकर गाउँपालिका–८ खोरका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ मा ७८ वर्षीय श्रीमतीसँग सम्बन्धिविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

भदौ १ देखि लागू भएको मुलुकी देवानी ९संहिता० ऐनले सम्बन्धविच्छेदका लाग पुरुषलाई पनि सहज बनाएको छ। ‘करिब २६ वर्षअघि ९२०५० साल०देखि विभिन्न बहानामा झगडा मात्र गरिरहँदा पनि सहेर बसेको थिएँ’, खारेस्थित घरमा एक्लै बस्दै आएका उनले भने, ‘त्यसपछि २०६६ सालदेखि वृद्धअवस्थाको मलाई घरमा एक्लै छोडी काठमाडौँमा बसिन्, वास्तै गरिनन्।’ त्यतिले पनि नपुगेर श्रीमतीले दोलखा जिल्ला अदालतमा २०७३ चैत १६ गते अंश चलन मुद्दाा दर्ता गरेपछि सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएको उनले बताए। दुवै छोरीको बिहे भइसकेपछि दुवै छोरालाई अंश पनि दिइसकेको उनको भनाइ छ ।

‘उनी २०६६ सालदेखि बेग्लै बस्दै आएकी छन्, घरमा आऊ, वृद्धअवस्थामा सँगै बसौँ, मेरो साहारा तिमी मात्रै हौ भनेर सम्झाउँदा नमानेपछि अंश छुट्टयाई जानेलाई के गर्नु त’, उनी भन्छन् । ८२ वर्षीय वृद्धको सम्वन्ध विच्छेद मुद्दामा श्रीमती पक्षबाट म्याद बुझ्ने र प्रतिवादी लगाउने काम नभएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिए। प्रतिवादी नलगाएपछि विच्छेद मुद्दा दर्ता भएको एक वर्ष नपुगी फैसला गर्न नमिल्ने कानुनले व्यवस्था गरेको श्रेस्तेदार कुसवाहाले जनाए।