१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कारण हजारौ कर्मचारीलाई तनाव



अ+ अ-

काठमाडौं । प्रशासन कानुन मस्यौदामा एउटा बुँदा हटाउँदा एकैपटक करिब पाँच हजार कर्मचारी ठूलो मर्कामा पर्ने भएका छन्। मर्कामा पर्ने कर्मचारीमध्ये धेरैजसोले संघीय निजामती सेवा ऐन २०४ लागू हुनुअघि नै राजीनामा गर्ने तयारी गरेको समाचार नागरिक दैनिकले छापेको छ।

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा निवृत्तिभरणसम्बन्धी ज्ष्जस्था गरिएको एउटा बुँदा संसदमा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको मस्यौदामा हटाइएपछि त्यसबाट करिब पाँच हजार कर्मचारी प्रभावित हुने भएका हुन्।

निजामती सेवा ऐन २०४९ को दफा ३७ मा २०४९ को दफा ३७ मा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीको हकमा ३० वर्ष सेवा अवधि पूरा गरी ५० वर्ष पुगेका कर्मचारी स्वेच्छाले अवकाश लिन चाहेमा त्यस्ता कर्मचारीलाई ६० वर्ष अवधि सरह काम गरेको सरह अवधि मानिने छ भनिएको छ।

६० वर्ष अवधि सरह काम गरेको काम गरेको काम गरेको मानी त्यस्ता कर्मचारीले सो आधारमा निवृत्तिभरण लिन पाउने व्यवस्था निजामती सेवा ऐन २०४९ मा गरिएको छ। यो व्यवस्था हाल संसदीय समितिमा प्रस्तुत संघीय निजामती सेवा ऐनको मस्यौदाबाट हटाइएको छ।

संघीय निजामती सेवा ऐन २०७५ प्रमाणीकरण भएमा २०४९ कात्तिक २१ अपघ निजामती सेवामा प्रवेश गरेका कर्मचारी सुविधा पाउनबाट वञ्चित हुनेछन्।