३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बाटो हुँदै कुवेत पुर्याएका महिलाको उद्धार



अ+ अ-
फाईल फोटो

रोल्पा । भारतको बाटो हुँदै कुवेतमा पुर्याएका तीन महिलाको उद्धार गरिएको छ । कुवेतमा बन्धक जीवन बिताएरहेकी तीन महिलालाई पाँच महिनाको अवधिमा उद्दार गरिएको हो ।

रोल्पाली सेवा समाज कुवेत शाखाका अनुसार झापा दमकी शोभाकुमारी लिम्बू, कास्की पोखराकी सरस्वती बराल,र करैया–२ उदयपुरकी गीतादेवी चौधरीको उद्धार गरिएको हो।

समाजका उपाध्यक्ष बलबहादुर जिएमका अनुसार उद्धार गरिएको सबै महिला सजिलो काम मिलाइ दिने बहानामा लगिएको थियो ।

उद्धार गरिएको सबै महिलाई सात महिनाको तलब नदिएको र मालिक घरबाहिर जाँदा ताला लगाएर कैदीबन्दी जसरी राख्ने गरिएको थियो ।

उद्दारपछि उनिहरुलाई समाजले कुवेतस्थित नेपाली दुतावासको जिम्मा लगाएको छ। यस अघि उद्दार गरिएका दुई चेलीलाई पनि दुतावाससँगको समन्वयमा नेपाल पठाइएको थियो। कम्पनी र दलालको नाम खुलाएका छैन्न् ।