६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बाटो हुँदै कुवेत पुर्याएका महिलाको उद्धार



अ+ अ-
फाईल फोटो

रोल्पा । भारतको बाटो हुँदै कुवेतमा पुर्याएका तीन महिलाको उद्धार गरिएको छ । कुवेतमा बन्धक जीवन बिताएरहेकी तीन महिलालाई पाँच महिनाको अवधिमा उद्दार गरिएको हो ।

रोल्पाली सेवा समाज कुवेत शाखाका अनुसार झापा दमकी शोभाकुमारी लिम्बू, कास्की पोखराकी सरस्वती बराल,र करैया–२ उदयपुरकी गीतादेवी चौधरीको उद्धार गरिएको हो।

समाजका उपाध्यक्ष बलबहादुर जिएमका अनुसार उद्धार गरिएको सबै महिला सजिलो काम मिलाइ दिने बहानामा लगिएको थियो ।

उद्धार गरिएको सबै महिलाई सात महिनाको तलब नदिएको र मालिक घरबाहिर जाँदा ताला लगाएर कैदीबन्दी जसरी राख्ने गरिएको थियो ।

उद्दारपछि उनिहरुलाई समाजले कुवेतस्थित नेपाली दुतावासको जिम्मा लगाएको छ। यस अघि उद्दार गरिएका दुई चेलीलाई पनि दुतावाससँगको समन्वयमा नेपाल पठाइएको थियो। कम्पनी र दलालको नाम खुलाएका छैन्न् ।