१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका वडाध्यक्ष भन्छन् : भुसिया कुकुरको आतङ्क बढे ‘सुरक्षित खोर बनाउने अनि चौपाया पाल्ने’



अ+ अ-



भद्रपुर । भद्रपुर नगरपालिका क्षेत्रमा भुसिया कुकुर आतङ्क बढेपछि स्थानीय पीडत बन्न बाध्य भएका छन् । सडकमा जन्मे हुर्किएका बेवारिसे कुकुर नियन्त्रण गर्न नगर प्रशासनले चासो नराख्दा स्थानीयका खसी बाख्रा, कुखुरा लगायत जनवारमाथि क्षति बढ्दा स्थानीय पीडित भएका हुन् ।

भद्रपुर नगरका शहरीकरण भएका क्षेत्रका अधिकाम्स वडाहरूमा बेवारिसे कुकुरको संख्या अधिक भएपछि आहाराको अभावमा स्थानीयले पालेका खसी बाखा्र, कुखुरा लगायत चौपाया खाने, मार्ने र घाइते बनाउने क्रम बढ्दै गएको छ ।

पीडित स्थानीयले आ—आफ्ना वडा कार्यालय मार्फत भुसिया कुकुर आतङ्क रोक्न माग गरे पनि सुनुवाइ नभएको गुनासो छ । पछिल्लो पटक भद्रपुरका ९ र १० नम्बर वडामा भुसिया कुकुरले स्थानीयले पालेका चौपाया तथा पन्छीमाथि आक्रमण बढाएपछि चिन्ता बढेको छ । बेवारिसे कुकुर नियन्त्रणका लागि नगरपालिकाले चासो नदिएकोमा स्थानीयले आक्रोस पोख्ने गरेका छन् ।

भद्रपुर ९ का पीडित वीरेन्द्रकुमार न्यौपाने भन्छन्र्—वडाध्यक्ष शनिलाल राजवंशीलाई भुसिया कुकुर नियन्त्रणको पहल गरिदिन अनुरोध गर्दा खसी—बाख्रा, कुखुरा पाल्नेले सुरक्षित खोर बनाउने अनि मात्र पाल्ने भन्दै जवाफ दिएको गुनासो पोखे’ । न्यौपानेका अनुसार सो वडामा मात्र दर्जनौ किसानका चौपाया तथा पन्छीमाथि कुकुरले क्षति पुर्याइए सकेको छ ।

यसैगरी नगर क्षेत्रमा दिनदहाडै खसी चोरको बिगबिगी बढेपनि प्रहरीले चोर पक्रन नसक्दा पीडितको संख्या बढ्दै गइरहेको छ । घरमा कोही नभएको मौकाछोपी स्थानीयले पालेका खसी घर आसपास बाँधेकै ठाउँबाट दिनदहाडै लाने चारेहरूको बिगबिगी बढेपनि पक्राउ गर्न प्रहरी असफल भइरहेको हो । २० दिन अगाडि घरकै छेउमा बाँधिएको खसी हराएकी रिषभदेवी कुर्मीले खसी हराउने बित्तिकै प्रहरीलाई उजुरी गरिन् तर खसी र चोर फेला परेनन् ।

नगर क्षेत्रमा एक महिनाको अवधिमा ३० वटा भन्दा बढी खसी दिउँसै हराएका छन् । अधिकाम्स पीडितले प्रहरीलाई खोजीका लागि निवेदन पनि दिएका छन् तर हराएका खसी मध्ये एउटा पनि स्थानीयले फिर्ता पाएका छैनन् । स्थानीयका अनुसार चोरले अटोमा राखेर खसी चोर्ने गरेका छन् । अटोको नम्बर प्लेट छोपेर मुखमा माक्स लगाई खसी चोरी गरिने प्रबृत्ति बढे पनि चौक चोकमा बस्ने प्रहरीले नम्बर प्लेट छोपिएको वा झिकिएका अटोवालालाई रोकेर कार्वाही गर्न नसक्दा चोरको मनोबल बढिरहेको हो ।

नगरका अधिकाम्स वजार क्षेत्रका चौकहरूमा सी सी क्यामेरा पनि छन् तर संखाको घेरामा पर्ने गरी नम्बर प्लेट छोप्ने वा लुकाउने अटोवाला चोरीको आसंकामा पक्राउ गर्न प्रहरी असफल भइरहेको पीडितको गुनासो छ ।