• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बसको ठक्करबाट एक वृद्धको मृत्यु



हेटौंडा । मकवानपुरको हात्तीलेटमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मकवानपुरको छतिवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ६८१७ नम्बरको बसको ठक्करले स्थानीय ७३ बर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो काट्दै गरेका घिमिरेलाई बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।