३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको बलात्कार र हत्या गर्ने व्यक्ति निर्मलाकै घर नजिकै छ, पहुँचवाला छ : प्रहरी



अ+ अ-

काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरीले हत्यारा निर्मलाकै घर नजिकैव्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरी स्रोतले बताएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी , केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का, महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई नियन्त्रणमा लिइसकेपछि निर्मलाले न्याय पाउनेमा प्रहरी स्रोत ढुक्क भएको छ ।

कञ्चनपुरका एक प्रहरी जवनले भने, हामीलाई हत्यारा पहिल्यै के हो भन्ने थाहा थियो तर हामी माथि पेसर आएको भएर हामी केहि बोल्न सकेका थिएनौं ।

त्यसो त प्रहरीले पहिला पनि बिभिन्न व्यक्तिलाई प्रकाउ नगरेको पनि होइन तर डिएनए नमिलेपछि उनिहरुलाई छाड्दै आईरहेको थियो ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता पनि गरिएको थियो । तर पहुँचकै भरमा सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको छ, भने अन्य ६ जना निलम्बनमा गरेको छ ।