३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

के सिके राउत नेकपा प्रवेश गर्दैछन् ?



अ+ अ-


काठमाडौं । पृथकतावादी गतिविधि संलग्न रहेका कारण पटक पटक जेल परेका मधेशी युवा सिके राउत बिहीबार सर्वाेच्च अदालतको आदेशबाट रिहा भएका छन् । स्वतन्त्र मधेसको एजेण्डासहित नेपालमा पृथकतावादी आन्दोलनमा लागेका उनलाई बिहीबार सर्वाेच्च अदालतले विना शर्त रिहा गर्न दिएको आदेशसँगै एक पटक नेपालको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ ।


यो तरंगसँगै आज नै प्रधानमन्त्री केपी ओली र उनले एकै स्थानबाट सम्बोधन गर्ने अर्काे समाचारले पनि नेपालको राजनीतिक बजारलाई केही तताएको छ । उनले आफूले गरिरहेका पृथकतावादी गतिविधी त्याग्ने र अब अखण्ड नेपाल स्वीकार गर्ने भएको समाचारको चर्चा राजधानीमा शुरु भएको हो ।


प्रधानमन्त्री ओली र सिके राउतले आज अपरान्ह राजधानीको राष्ट्रिय सभागृहमा आयोजना भएको सभालाई सँगै सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ । यतिमात्र होइन, सो सभामा सम्बोधन गर्ने क्रममा नै उनी नेकपा प्रवेश गरेको घोषणा पनि गर्नसक्ने अनुमान गरिएको छ । सरकारका प्रतिनिधिहरुसँग भित्रभित्रै वार्ता गरेका राउत बिहीबार सर्वाेच्चको आदेशले रिहा भएका थिए ।


आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका उनले नेकपामा प्रवेश गर्ने बारेमा कुनै आधिकारीक जानकारी त गराएका छैनन् तर पनि उनले यस विषयमा सोँचेको उनका कार्यकर्ताहरुले जनाएका छन् । स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुने जानकारी भने गराइसकेका छन् । तर, तत्काल नेकपामा प्रवेश गर्ने विषयमा भने उनले केही बोलेका छैनन् ।