६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०९ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा : ‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’



अ+ अ-

काठमाडौँ । लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताए ।

नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्कोप्रतिको सम्मान हुन्छ भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले महिला हिंसा आआफ्ना घरबाट नै हटाउनुपर्ने बताए ।


महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले समाजमा महिला मात्र नभई पुरुष र तेस्रोलिङ्गीमाथि हुने हिंसा पनि लैङ्गिक हिंसा भएको जिकिर गरे ।

दिवसकै अवसरमा बिहान शेषमतीबाट निकालिएको पदयात्राका सहभागीले जहाँ महिलाको हित त्यहाँ समाजको जीत, समाज विकासमा समान पहुँच, छोरीलाई दाइजो होइन शिक्षा दिर्औँ, उठौँ जागौँ, आफ्नो अधिकार आफैँ खोजौँलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।