३१ जेष्ठ २०८३, आईतवार
,
Latest
निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०९ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा : ‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’



अ+ अ-

काठमाडौँ । लैङ्गिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताए ।

नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्कोप्रतिको सम्मान हुन्छ भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले महिला हिंसा आआफ्ना घरबाट नै हटाउनुपर्ने बताए ।


महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले समाजमा महिला मात्र नभई पुरुष र तेस्रोलिङ्गीमाथि हुने हिंसा पनि लैङ्गिक हिंसा भएको जिकिर गरे ।

दिवसकै अवसरमा बिहान शेषमतीबाट निकालिएको पदयात्राका सहभागीले जहाँ महिलाको हित त्यहाँ समाजको जीत, समाज विकासमा समान पहुँच, छोरीलाई दाइजो होइन शिक्षा दिर्औँ, उठौँ जागौँ, आफ्नो अधिकार आफैँ खोजौँलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।




भर्खरै