२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पहिले कौतुहल, अनि डर र पछि मजा ’, छुटै खुशी छ यसमा



अ+ अ-

काठमाडौँ । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको छ । अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प्रालिका सञ्चालक नीरज पन्तले बताए ।

विगतमा उडान भए पनि रोकिँदै आएको यहाँ नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै डिसेम्बर अन्तिम सातादेखि नियमित उडान शुरु भएको उनले बताए । अहिले एक हप्तासम्मका लागि ‘बुक’ हुने गरेको उहाँको जिकिर छ । साहसिक खेल (प्याराग्लाइडिङ) का पारखी उपत्यकावासीलाई यसको मजा लिन अब पोखरा धाइरहनु पर्दैन ।

हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकै साथ हेर्न पाउँदा खुशी अनुभूति भएको पहिलो पटक प्याराग्लाइडिङको मजा लिनुभएका काठमाडौँ असनका सुनिल श्रेष्ठले बताए । गुगलबाट खोज्दा गोदावरीमा प्याराग्लाइडिङ हुन्छ भन्ने थाहा पाएर आएको उनको भनाइ थियो ।

“पहिले कौतुहल थियो, उड्ने बेलामा डर फिलिङस भो, उडेपछि मजा”, श्रेष्ठले भने । पत्नी प्रीति राजभण्डारी सँगै जानु भए पनि उहाँ एक्लै उड्नुभयो । डेढ दशकअघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यसले सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ ।

यहाँ प्याराग्लाइडिङ सञ्चालन गर्न रु तीन करोड लगानी लागेको सञ्चालक पन्तले बताउनुभयो । यहाँ जनवरीदेखि अहिलेसम्म ३०० उडान भइसकेको छ । आज मात्रै तीन उडान भएको छ । एउटा उडान उडेकै ठाउँमा अवतरण भएको थियो भने दुई उडान तल रचनटारमा अवतरण भएको थियो ।

सन् २००७ मा राजनीतिकर्मी केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थाप्नुभएको थियो । सन् २०११ देखि १४ सम्म सञ्चालनमा आए पनि भूकम्पपछि उडान हुन नसकेकाले यहाँ नयाँ व्यवस्थापनमा पुनः सञ्चालन गरिएको हो । कोरियाली च्याङजिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नले यसमा लगानी गरेका छन् । पाइलट विजय चौलागाईंले चापाखर्कको छुट्टै विशेषता रहेको उल्लेख गर्नुभयो । यहाँको उडान क्षमता दिनमा २५ छ । छ ग्लाइडरले सेवा दिन्छ । शनिबारका पाँच उडानका लागि बुक भएको काठमाडौँ प्याराग्लाइडिङ प्रालिले जनाएको छ ।

समुद्र सतहबाट दुई हजार १०० मिटरमाथि गोदावरीको चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर रोकिन्छ । पोखरामा एक हजार ६०० उचाइबाट मात्रै उडान हुने गर्छ । गोदावरीबाट झण्डै पाँच किमी जङ्गलको कच्ची बाटो उकालो लागेपछि चापाखर्क पुगिन्छ । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको वेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिने वा कहिले नहुन पनि सक्ने अर्का पाइलट बबी राउतले बताए।

काठमाडौँ आउने–जाने यातायात र फोटो भिडियोसहित रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी छ हजार ५०० मा उडान भइरहेको छ । यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यका, स्वच्छ हावापानी, रोमाञ्चक दृश्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सक्नु हो ।