६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिभिआइपीलाई १४ करोडका मोटारसाइकल किन्दै सरकार



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मेटरसाइकल उपलब्ध गराएको छ। प्रति एक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटारसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड)मा प्रयोग हुँदै आएको उच्च स्रोतले जनाएको छ।

यस्तै, प्रधानमन्त्रीका लागि सात र उपराष्ट्रपतिका लागि तीन वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग हुँदै आएको छ। राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँ बराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो।

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भएको छ। खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी पर्छ। समाचार नागरिक दैनिकमा प्रकाशित छ ।