८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तानातानमा ‘गृहमन्त्री’ : जता खुल्छन्, त्यतै बहुमत



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेका हुन् ।

नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ । अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । दुई अलग गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन् ।

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओली तथा नेपाल दुवै समूहसँगको समदुरी सम्बन्धमा देखिए पनि भित्री रूपमा उनी नेपाल पक्षसँग नजिकिन थालेका छन् । उनी तत्काल अध्यक्ष ओलीसँगको सम्बन्ध बिगार्न र आफ्नो पक्षधरता खुलाइहाल्ने पक्षमा देखिँदैनन् । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य थापा ओली इतर पक्षमा खुलेमा त्यो पक्षसँग बहुमत रहेको आधारमा आफूलाई पनि पार्टी्भित्र बोल्न सजिलो पर्ने ठम्याइ दाहालको छ । तर थापा नखुलिदिँदा नेकपाभित्रको सचिवालयमा समीकरण हेरफेर र अध्यक्ष ओलीको निर्णयमा ‘हस्तक्षेप’ गरिहाल्न सक्ने अवस्थामा सचिवालयका कुनै नेता देखिँदैनन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।