• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

सरकारी सम्पत्ति बारे सरकार नै अन्योल



काठमाडौं । सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ ।

हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग तथा विभिन्न समिति र मातहतका मन्त्रालयले आफ्नो सम्पत्तिको विवरण राख्दै आएका छन् । मुलुक संघीयतामा गइसकेको स्थानीय तथा प्रादेशिक तहका निकायलाई पनि आफू मातहतका सम्पत्तिको उपयोग गर्न अख्तियारी दिइरहेका बेला सार्वजनिक सरकारी सम्पत्ति के कति भन्ने विषयमा भने सरकार अझै अन्यौलमा छ ।

सबैजसो सरकारी निकायले आफू मातहतको सार्वजनिक निकायको सम्पत्तिको विवरण बुझाउन नसकेपछि सरकारलाई सरकारी निकायमै सम्पत्ति विवरण खोज्न कठिन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारको स्वामित्वमा रहेका विभिन्न सरकारी निकायले आफ्ना मातहतको सकारी सम्पत्ति भोग चलन गर्दै आएका छन् यद्यपि कुन निकायसँग कति सार्वजनिक सम्पत्ति छ र तिनको अवस्था कस्तो छ भन्ने विषयमा भने कुनै पनि सरकारी निकाय स्पष्ट छैन । आजको कारोबार दैनिकमासमाचार छ ।