३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदाम बन्दै शौचालय, प्रयोगका बारेमा अनभिज्ञ



अ+ अ-

बाँके । बाँके खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भएपनि यहाँका धेरै घरपरिवार भने अहिले पनि शौचालयको पहुँचमा छैनन् । हचुवा र हतारमा बाँकेलाई खुला दिसामुक्त गरिएकै कारण अहिले अधिकांश स्थानीय तहमात्रै होइन, सदरमुकाम नेपालगञ्ज र शहरोन्मुख कोहलपुरमा समेत आवश्यकताअनुसारका शौचालयको अभाव छ ।

कतिपय घरधुरी शौचालयविहीन छन् भने बनाएका कतिपय घरधुरीका शौचालय शौचका लागि प्रयोगमा आउन सकेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिका–८ का अधिकांश घर अहिले पनि शौचालयको पहुँचमा छैनन् । अन्य वडामा पनि यो अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

घरमा शौचालय बनाएका जिल्लाका अधिकांश नागरिक शौचालय प्रयोगका बारेमा अनभिज्ञ छन् । कतिपयले शौचालयमा पराल, दाउरा र विभिन्न घरायसी सामान राखेका छन् । कतिपय घरधुरीमा त शौचालय सामान राख्ने गोदाम जस्तै भएको छ । सर्वसाधारणमा जीर्ण अवस्थामा रहेका शौचालयको मर्मतसम्भार गरेर प्रयोगमा ल्याउनुपर्छ भन्ने चेतनाको पनि अभाव छ ।

कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा घरधुरीमा निर्माण भएका कतिपय शौचालय प्रयोगमा छैनन् । कतिले बनाएकै छैनन् । यस क्षेत्रका कतिपय नागरिकले घरमा भएका शौचालयमा गाईभैँसीलाई आवश्यक पर्ने पराल, दाउरालगायतका सामग्री राख्ने गरेको पार्वतपुरकी बेलकुमारी उपाध्यायले बताए ।




भर्खरै