६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशक्त, अपाङ्ग र गरीब निमुखा १ सय २५ परिवारलाई ग्यास चुलो बितरण



अ+ अ-

भद्रपुर । झापा सदरमुकाम दक्षिण कचनकवल ३ दल्कीमा रहेको अभिमुक्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले गरिवी निवारण कार्यक्रम अन्र्तगत अतिविपन्न १ सय २५ परिवारलाई ग्यास चुलो सेट सहित सिलिण्डर हस्तान्तरण गरेको छ । समितिको आयबाट ३५ प्रतिशत रकम उपभोक्ताको जीवन स्तर उकास्न खर्च गर्नु पर्ने कानुनी प्रावधान अनु्सार प्रतिपरिवार ६ हजार मूल्य बरावरको सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटर अति विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।

समितिका अध्यक्ष गिरिराज नेपालको अध्यक्षता तथा प्रदेश संसद बसन्त बानियाको प्रमुख आतिथ्यमा समितिको कार्यालय परिसरमा अशक्त, अपाङ्ग, गरीब निमुखा अतिविपन्नले ग्यास सेट पाउँदा हर्षित बनेको दृष्य देखिन्थ्यो ।कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य बसन्त बानियाले पर्यावरण संरक्षणमा हरित अभियानका रूपमा सामुदायिक वनले खेलेको भूमिकाको प्रसंशासा गरे । संसद बानियाले वातावरणको संरक्षणसित गरीबी निवारणमा सामुदायिक वनले अतुलनीय योगदान दिएको समेत बताए । उनले सरकार समृद्धिको यात्रामा पर्यावरणको सुरक्षा सहित गरिबी अन्त्य गर्नका लागिरहेको प्रष्ट पारे ।

संस्थाकी सचिव प्रतिमा बोगटीले शब्द मार्फत तथा गन्धर्व समाजले संगीत मार्फत स्वागत गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, स्थानीय तह महासंघका भीम लुँइटेल लगायतले मन्तव्य राखेको कार्यक्रममा समूहका अध्यक्ष नेपालले कार्यक्रममा ७ लाख ५० हजार खर्च गरी वन समूहको उपभोक्तामाथि अपनत्व ग्रहणका लागि कार्यक्रम गरिएको जानकारी दिए ।

उनले वनको सुरक्षा गर्न अति विपन्न परिवारको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारे । समूह क्षेत्र भित्र रहेका दृष्टिविहिन, अशक्त, एकल महिला, साहारा विहिन र शारीरीक अपाङ्गता भएका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्र्तगत सहयो गरिएको जानकारी दिएका थिए ।