२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लौ हेर्नुहोस ठेक्काको नाममा अवैध असुली, कारवाही कस्ले गर्ने ?



अ+ अ-

काठमाडौं । रामग्राम नगरपालिकाले नदीजन्य पदार्थमा लगाएको ठेक्कामा अनधिकृत रुपमा रकम असुली गरेको पाइएको छ। नक्कली रसिद छपाएर रकम असुली गर्दा भ्याट रकमसमेत ठगी भएको छ। आव २०७५/०७६ का लागि नगरपालिकाले तुरिया र झरही खोलामा नदीजन्य पदार्थका लागि ठेक्का लगाएको छ। दुईवटा खोलाको नगरपालिकाले ३४ लाखमा ठेक्का लगाएको हो। जसमा तुरियाको १२ लाख बढी छ भने झरहीको २२ लाख बढी रहेको नगरपालिकाले जनाएको छ ।

खोलाबाट निकासी गरिने बालुवा, भस्कट, माटोलगायतका नदीजन्य पदार्थमा नगरपालिकाले निकासी शुल्क कर लगाएको हो। नदीजन्य पदार्थको कर संकलनका लागि प्रयोग हुने रसिद नगरपालिकाले छाप लगाएर सम्बन्धित व्यवसायीलाई दिने गरेको छ। नम्बर उल्लेखसहित छाप लगाएको रसिद मात्र प्रयोग गर्न पाइने भए पनि तुरिया खोलाको ठेक्का लिएका व्यवसायीले अनाधिकृत रसिद प्रयोग गरेर कर असुलेको पाइएको हो। उक्त ठेक्का श्री यादव सप्लायर्स रामग्राम–१६ हकुईको नाउँबाट पप्पु यादवलाई दिइएको छ।

कर संकलनका लागि सप्लायर्सको नाउँबाट २०७५ पुसदेखि फागुन ६ गतेसम्म रसिद नम्बर १ देखि ६५०० सम्मको रसिद छाप लगाएर नगरपालिकाले सम्बन्धित व्यवसायीलाई बुझाएको छ। व्यवसायीले सोही नम्बरका अर्को रसिद छपाएका छन्। सोही नम्बरका रसिदलाई बिना छाप कर संकलनमा प्रयोग गरेको पाइएको हो। छाप नलागएका रसिद प्रयोग गरेको बारे नगरपालिकामा जानकारी गराएपनि कुनै सुनुवाई नभएको नदीजन्य पदार्थ आसोरपसार गर्ने सवारीसाधनका चालकहरुले बताएका छन् ।

नगरपालिकाले झरही खोलामा २२ हजार ३ सय घनमिटर बालुवा, भष्कट र माटोसहितका नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ भने तुरियाबाट २६ हजार १ सय ६२ घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ। प्रति घनमिटर भ्याटबाहेक दुई रुपैयाँका दरले संकलन गर्ने गरी अनुमति दिइको छ। तर व्यवसायीहरुले पाँचसयसम्म असुल गर्ने गरेको स्थानीयको गुनासो छ। छाप लगाएको बिल प्रयोग गरेपछि नदीजन्य पदार्थको परिमाण थाहा हुने गर्दछ। नक्कली बिल प्रयोग गरेपछि सक्कली बिलमा तोकिएको परिमाण अपुग देखिने भएकाले व्यवसायीले अनाधिकृत काम गरेको बताइएको छ। नदीजन्य पदार्थ संकलन गर्ने समय जेठ मसान्तसम्म छ। व्यवसायीहरुले तोकिएको परिमाणका नदीजन्य पदार्थसमेत उत्खनन गरिसकेको बताइएको छ ।

अनुगमन गर्न जाँदा छाप लगाएका बिल प्रयोग नभएकाले उक्त परिमाण उत्खनन गरेको नदेखिने भएकाले व्यवसायीहरुले नक्कली बिल प्रयोग गर्ने गरेका हुन्। नक्कली बिलमा भ्याट नम्बरसमेत उल्लेख छ। नक्कली बिल प्रयोग गरेपछि भ्याटमा समेत ठगी गरेको पाइएको हो। अनाधिकृत रसिद प्रयोग गरेर निकासी कर संकलनबारे व्यवसायी पप्पु यादवले आफूले लिएको ठेक्का स्थानीय युवाहरुलाई नाका तोकेर जिम्मेवारी दिएको बताए। तुरिया खोलाको नाका रामग्राम नगरपालिका– १४ को पर्सावलबाट हकुईसम्म छ। छाप लगाएको बाहेक अन्य रसिद प्रयोग नगरेको यादवको दाबी छ। ‘केही साथीहरुले बदमासी गरेको हुन सक्छ। त्यसबारे बुझेर गलत भएको भए तत्काल रोकिने छ ।’ यादवको भनाई छ। खुलेआम रुपमा नक्कली बिल प्रयोग गरेर रकम असुल गरेको पाइए पनि नगरपालिकाको अनुगमन समिति र जिल्लास्थित अनुगमन समितिसमेत मौन छ।

नगरपालिकाका राजश्व शाखाका शाखा अधिकृत राजन श्रीवास्तवले छाप नलगाएको रसिद प्रयोग हुनु गैर कानुनी भएको बताए। उनले गलत गर्ने व्यवसायीलाई नगरपालिकामा बोलाएर त्यसबारे सोधपुछ गरिएको र त्यस्तो कार्य नगर्न निर्देशन दिएको बताए। जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका अध्यक्ष एंव जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले गैर कानुनी काम गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने बताए। अनाधिकृत रुपमा रकम संकलन गर्ने व्यवसायीबाट सम्बन्धित नगरपालिकाले उपलव्ध गराएको रसिदसहित झिकाएर आवश्यक कानुनी प्रकृया अघी बढाइने रायको भनाई छ । अन्नपूर्ण दैनिकमा खबर छ ।