५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी



अ+ अ-

काठमाडौँ: चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गैर–खाय तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८ दशमलव ७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ०८ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मून्य सूचकाङ्क ४ दशमलव ०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको ३ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशको ३ दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५० प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशलव ५३ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५ दशमलव ९० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत, तराईको ४ दशमलव ०९ प्रतिशत, पहाडको ३ दशमलव ६१ प्रतिशत र हिमालको ४ दशमलव १९ प्रतिशत रहेको छ । गत वर्षको भदौमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ९ दशमलव ८३ प्रतिशत, ७ लशमलव ०३ प्रतिशत, ८ दशमलव ०९ प्रतिशत र ११ दशमलव ३२ प्रतिशत रहेको थियो ।

यस वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २ दशमलव ७५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ ।रासस