२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी

भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी
अ अ+ अ-

काठमाडौँ: चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गैर–खाय तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८ दशमलव ७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ०८ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मून्य सूचकाङ्क ४ दशमलव ०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको ३ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशको ३ दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५० प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशलव ५३ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५ दशमलव ९० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत, तराईको ४ दशमलव ०९ प्रतिशत, पहाडको ३ दशमलव ६१ प्रतिशत र हिमालको ४ दशमलव १९ प्रतिशत रहेको छ । गत वर्षको भदौमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ९ दशमलव ८३ प्रतिशत, ७ लशमलव ०३ प्रतिशत, ८ दशमलव ०९ प्रतिशत र ११ दशमलव ३२ प्रतिशत रहेको थियो ।

यस वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २ दशमलव ७५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ ।रासस