६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहद्धारा जन्ती बोकेको गाडीमा आगजनी, तीनजना प्रहरीको नियन्त्रण



अ+ अ-

कैलाली । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जन्ती बोकेको गाडीमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको गाडीमा कैलालीको मसुरियामा आगजनी भएको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताएका छन् ।

आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ । घोडाघोडी नगरपालिकाको साडेपानीका पनि विप्लव समूहले ट्रकमाथि तोडफोड गरेका छन् । हेटौँडाबाट धनगढीको लागि छुटेको ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि राति ३ बजे तोडफोड गरेका छन् ।

कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार हालसम्म तोडफोड र आगजनीमा संगलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिईएको छ ।