१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता मारेर क्रान्ति हुँदैन् : नेता भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले जनता मारेर क्रान्ति नहुने बताए । क्रान्तिको नाममा विप्लव समूहले जनातामा भ्रम छरि रहेको उनले आरोप लगाए ।

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै भट्टराईले भने जनता मारेर क्रान्ति हुन्छ ?,नेपालमा क्रान्तिको आवश्यक नै छैन् ।

केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेका छन् भट्राईले भने, यस्तो क्रान्तिको आवश्यकता छैन् ।

पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे ।

जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।