१६ भाद्र २०८३, मंगलवार
,
Latest
अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता मारेर क्रान्ति हुँदैन् : नेता भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले जनता मारेर क्रान्ति नहुने बताए । क्रान्तिको नाममा विप्लव समूहले जनातामा भ्रम छरि रहेको उनले आरोप लगाए ।

तत्कालीन माओवादीको हेडक्वार्टर पेरिसडाँडामा आयोजित शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै भट्टराईले भने जनता मारेर क्रान्ति हुन्छ ?,नेपालमा क्रान्तिको आवश्यक नै छैन् ।

केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेका छन् भट्राईले भने, यस्तो क्रान्तिको आवश्यकता छैन् ।

पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे ।

जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।