१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न अदालतको आदेश



अ+ अ-

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

यसअघि फाल्गुन २३ गते बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि अवकास पाईसकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

हाल फरार रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । तर, अदालतमा मुद्दा चलिरहेकै बेला दूर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिएकी थिइन् ।

१० साउनमा साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।