१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ दिनभित्र हतियार बुझाए छुट, ‘विप्लव’ समुहको कुरा माने जेल : मन्त्री बास्कोटा



अ+ अ-

काठमाडौँ । सरकारले आतंकवादी क्रियाकलाप गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग सहयोग गर्नेलाइ कानुनी दायरामा ल्याउने बताएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न समूहमाथि हुने जोसुकैलाई कारवाही गर्ने भएको हो ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् ।

त्यस्तै, अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ ।