३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको मधेश दैडाहा भव्य, ‘राजा आउ, देश बचाऊ ’ को नारा



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज सर्लाही पुगेका छन् । मधेश भ्रमणका लागि हिजो जनकपुर हुँदै शाह आज सर्लाही पुगेका हुन् ।

पूर्वराजा शाहको स्वागतमा १२ ठाउँमा प्रवेशद्धार बनाईएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर राखेर श्री ५ लेखेर सम्बोधन गरिएको ब्यानर जताततै झुण्ड्याइएको थियो ।

सडकको दुईतिर उभिएर‘राजा आउ, देश बचाऊ ’, ‘राजा आउ, देश बचाउ नारा’ लगाउँदा राजतन्त्रको झझल्को दिइरहेको थियो । ’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए ।

मलङ्गवाको भगवती मन्दिरमा उनी सात मिनेट पुजा गरेर उनी त्यहँको जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा विश्रामका लागि फर्केका छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेटघाट पनि गरिरहेका छन् ।

सर्लाहीबाट उनी आजै जनकपुर फर्किने कार्यक्रम रहेको छ । जनकपुरबाट उनी उदयपुरको गाइघाट जानेछन् ।




भर्खरै