१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

बिचौलियाको अखाडा भन्दै यातायात, छापा मारे पनि उस्तै !

बिचौलियाको अखाडा भन्दै यातायात, छापा मारे पनि उस्तै !
अ अ+ अ-

वीरगन्ज । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको अखाडा भएको छ। सेवाग्राही कार्यालय पुग्दा कर्मचारीहरूले सीधै बिचौलियामार्फत आए मात्र काम गरिदिने वातावरण बनाउने गर्छन्।

सेवाग्राहीको काम गरेवापत बिचौलियाले अतिरिक्त पैसा लिने गरेका छन्। जसमा प्रत्येक कामका लागि उनीहरूले लिने रकमको शुल्क निर्धारण नै गरेका छन्। वीरगन्ज रानीघाटका शिवालकप्रसाद गुप्ता मोटरसाइकल बिक्री नामसारी गर्न यातायात व्यवस्था कार्यालय पुगेका थिए।

राजस्व भुक्तानी र बिमाको कागजातलगायत सबै प्रक्रिया भएर दुवै पक्षको नागरिकता सनाखतपछि अधिकृतको अन्तिम सही बाँकी थियो। तर, उनीहरू बिचौलियाको शरणमा नपुगी काम नहुने भयो। दिउँसो १ बजे गायब भएका दुई अधिकृत डेढ बजेसम्म फाँटमा फर्केनन्। फाइलको चाङ लागिसकेको थियो। कार्यालय प्रमुखसँग आफैं सही गराएर ल्याउँछु भनेर बिचौलियाले भनेर लगे। नत्र हाकिमले सही नगर्ने ती बिचौलियाले भनेका पनि उनले सुनाए।

फाँटका अधिकृतलाई छोडेर सीधै हाकिमकहाँ फाइल लगे गडबडी छ भनेर सही नगर्ने बिचौलियाले बताउने गुप्ताले सुनाए। तर, गुप्ताले उक्त कुरा टेरेनन्, आफैंले फाइल लिएर गए। तर, बिचौलियाले भनेजस्तै भयो। कार्यालय प्रमुख उपेन्द्र महतोले सही गर्न मानेनन्।

सेवाग्राहीका अनुसार अतिरिक्त आर्थिक उपार्जनको लोभमा कार्यालयलाई बिचौलियाको अखडा बनाइएको छ। यस कार्यालयले पर्सा, बारा र रौतहटसम्मको यातायात व्यवस्थासम्बन्धी काम गर्ने गर्छ।

बिचौलियाको हातबाट गएको फाइल कर्मचारीले सजिलै अगाडि बढाउँछन्। सेवाग्राहीले लैजाँदा सुनुवनाइ हुँदैन। कुनै पनि टेबुलमा वा कुनै कर्मचारीको हातमा रावस्वको अतिरिक्त लेनलेन भने हुँदैन। ‘यति रुपैयाँ खर्च लाग्छ’ भन्दै बिचौलियाले एकमुष्ठ रकम तय गर्छन्। कार्यालय परिसर र बाहिर दर्जनौं बिचौलिया छन्।

कार्यालयबाट मान्यताप्राप्त वा अन्य कुनै निकायबाट इजाजतप्राप्त अभिकर्ता भने होइनन् उनीहरू। त्यहाँ काकार्यालय प्रमुख महतोले आफूहरूले ‘एजेन्ट’ नराखेको दाबी गरे। ‘कार्यालयबाट ‘एजेन्ट राख्ने काम गरिएको छैन, हामीले सेवाग्राहीलाई लाइनमा लगाएर सेवा दिने व्यवस्था गरेका छौं,’ कार्यालय प्रमुख महतोले भने, ‘काम अड्कियो भने यस कारणले ढिलाइ भयो वा यो कागज पुगेन भन्ने जानकारी सेवाग्राहीलाई दिने गरेका छौं र सक्दो छिटो सेवा गर्ने प्रयास गर्छौं।’

कार्यालयका अभिलेखका किताबहरूमा विवरण लेख्ने कामसमेत बिचौलियाले नै गर्ने गरेको महतो स्किार्छन्। ‘के गर्ने मजबुरी छ, सेवाग्राहीले नै लिएर आएका मान्छेहरूले लेखिदिने गर्छन्, कामको चाप छ,’ महतोले लाचारी देखाए। कार्यालयका अभिलेखमा त्यहाँका कर्मचारीको लेखाइ यदाकदा भेटिन्छ। गैरकर्मचारीबाट अभिलेखित ती अभिलेख बिचौलियाको चंगुलमा कार्यालय रहेको कुराको बलियो प्रमाणको हो गुप्ताको भनाइ छ।

कार्यालय प्रमुख महतोले कार्यालयलाई सेवाग्राहीमैत्री ठाउँको रूपमा दाबी गरिरहँदा सेवाग्राहीको भोगाइ बेग्लै छ। कार्यालयमा सवारीको दस्तावेजको रूपमा रहने सवारीको दर्ता फाइल भने ‘खलिहान’मा पराल थुपारेजस्तै छ। बारा जिल्ला फेटा घर भएका मुन्ना मन्सुरी आफ्नो मोटरसाइकलको बक्यौता कर तिर्न झण्डै एक महिना धाए। कर्मचारीले फाइल हराएको बताएका उनले बताए।

कार्यालय हाताभित्रै बिचौलियाले खर्च–बर्च गरे काम चाँडै हुने बताएका थिए। तर, मन्सुरीले मानेन। धेरै हैरान भएपछि पत्रकार सम्मेलन गर्ने भन्दै कर्मचारीलाई धम्क्याए। ‘अर्को दिन ११ बजेभित्रै फाइल भेटियो। काम पनि भयो,’ मन्सुरले भने, ‘बाध्य भएर म साँच्चिकै पत्रकार सम्मेलन गराउने मनसायमा पुगेको थिएँ।’

यस्ता सयौं सेवाग्राही यातायात कार्यालयमा दिनहुँ भेटिन्छन्। जो आफै आफ्नो काम गराउन आउँदा कर्मचारीबाट दुःख भोग्न बाध्य छन्। र, काम अलमलिएपछि बिचौलियाको सहारा लिन पुग्छन्।

‘आफै काम गराउन असहज छ, कर्मचारीले हुनै दिँदैनन, एकसेएक बहाना झिक्छन्,’ वीरगन्ज ११ श्रीपुरका नैमुल हकले भने, ‘त्यही भेटिने ‘एजेन्ट’लाई जिम्मा दिएपछि धाउनुपर्दैन। आफ्नो काम छोडेर दिनैपछि धाउनुभन्दा पाँच सात सय रुपैयाँ दिए काम हुन्छ।’

प्रायः मान्छेले त्यहाँ त्यसैगरी काम निल्छन्।’ अर्का सेवाग्राही वीरगन्ज १६ नगवा बस्ने रञ्जित साहको अनुभव पनि उस्तै छ । ‘बिनाएजेन्टको यहाँ कुनै कामै हुदैन, साहले भने, ‘आफै काम गराउन खोजियो भने तनाव हुन्छ, एजेन्ट नसमाते उपायै छैन।’

यसअघि प्रहरीले धेरै पटक छापामारी गरेर बिचौलियाहरूलाई समात्ने काम गरेको छ। स्थानीयका अनुसार छापा मारेपछि केही हप्ताबिचौलिको चहलपहल कम हुन्छ। फेरि पछि उस्तै। नागरिक दैनिकमा खबर छ ।