१६ भाद्र २०८३, मंगलवार
,
Latest
अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिग : आर्सनल क्वारटफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । आर्सनल युरोपा लिग फुटबलको क्वारटफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति प्रिक्वारटफाइनलअन्तर्गत दोस्रो लेगमा रिनेसलाई ३–० गोलअन्तरले पराजित गर्दै लिभरपुल क्वारटफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै ३–० गोलको जित निकालेको हो । समग्रमा आर्सनलले ४–३ गोलअन्तरको जीत निकालेको हो ।

आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै, ७२औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई युरोपा लिगको क्वाटरफाइनल पुर्‍याएका हुन् ।