२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिरहेको ट्याक्टरको टायर उछिट्टिएर लाग्दा एक जनाको मृत्यु



अ+ अ-

वीरगञ्ज । गुडिरहेको ट्याक्टरको टायर उछिट्टिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङ रहेका छन् ।

ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका–१९ विन्दवासिनी चोकमा बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर उनलाई लागेको थियो ।

टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गुरुङ पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियर थिए ।