६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमका श्रीमतीद्धारा दश लाखको अक्षयकोष स्थापना



अ+ अ-

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आएकी उनले कालीगङ्गा माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।

थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षयकोषवापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिए ।

अक्षयकोषको व्याजबाट आगामी शैक्षिकसत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताए ।