१६ भाद्र २०८३, मंगलवार
,
Latest
अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्ड गोलीकाण्ड : ४९ जनाको मृत्यु (अपडेट)



अ+ अ-

काठमाडौँ । न्युजिल्याण्डको क्राईस्टचर्चस्थित दुई वटा मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारमा ४९ जनाको मृत्यु भएको छ । घाईते २० जनाको अवस्था गम्भीर छ ।

शुक्रबारको प्रार्थनाका लागि मस्जिद गएका धर्मावलम्बी लक्षित आक्रमणमा संलग्न एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । पक्राउ पर्नेमा एक जना, अष्ट्रेलियाली अतिवादी रहेकोे अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताए । घटनापश्चात क्राईष्टचर्च क्षेत्रका सबै बजार, पसल तथा विद्यालय बन्द गरिएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्देनले आजलाई कालो दिनको संज्ञा दिएका छन् । आप्रवासीका कट्टर विरोधी मानिने आक्रमणकारीले आफ्नो उद्देश्यसहितको घोषणापत्र सार्वजनिक गर्दै फेसबुक लाईभ गर्दै गोली प्रहार गरेको द हेराल्डले जनाएको छ । आक्रमण भएका दुई मस्जिदमध्ये एकमा प्रार्थनाका लागि पुगेको बंगलादेशी राष्ट्रिय क्रिकेट टोली फर्किएको केही समयमै आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ ।

बन्दुकधारी मस्जिदमा प्रवेश गर्नुभन्दा केही मिनेट अघिमात्रै बंगलादेशी टोली मस्जिदबाट बाहिरिएकाले सबै सुरक्षित रहेको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

न्युजिल्याण्डमा टेष्ट म्याच खेल्न बंगलादेशी टोली क्राईस्टचर्च पुगेको थियो । घटनापछि भोलिका लागि तय खेल रद्द गरिएको छ ।