११ असार २०८३, बिहीबार
,
Latest
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याव टेक्निसियन घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन (नायव सुब्बा) सरोज रोका घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रोकालाई २२ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता (सह–सचिव) प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन् ।

मेडिकल सेन्टर विस्तार गर्ने प्रयोजनका लागी नियमअनुसार गर्नुपर्ने काममा समेत बहाना बनाएर रोकाले सेवा ग्राहीसँग घुस रकम लिएको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घुस लिइसकेको अवस्थामा उनलाई आयोगको टोलीले कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।