१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ट पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन



अ+ अ-

काठमाडौँः राष्ट्रिय समाचार समितिका संस्थापक सदस्य एवं वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको हृदयाघातबाट शनिबार दिउँसो निधन भएको छ । 

काठमाडौँ महानगरपालिका ताहाचल निवासी श्रेष्ठलाई हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । 

उहाँ ८६ वर्षका हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टि शनिबार साँझ पशुपतिस्थित आर्यघाटमा गरिनेछ । स्व श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ । रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ राससका संस्थापक हुनुहुन्थ्यो ।