११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेडफोन लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि…



अ+ अ-

ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी विहान उठ्दा एउटा कान नसुन्ने भएका छन् ।

डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उक्त विद्यार्थीको उपचार भइरहेको छ । उनको एउटा कानले काम गर्न छोडेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको एउटा कानको ‘हेडफोन’ निस्किएको कारण अर्को कान मात्रै बन्द भएको थियो ।

ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजीले सुत्ने समयमा हेडफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ ।

रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले कान र टाउको सम्म रगत विस्तारै रगत प्रवाह हुने भएकाले दिनमा भन्दा रातमा हेडफोनको प्रयोग खतरनाक हुन्छ ।

सन् २०१८ मा न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनले धेरै समय हेडफान प्रयोग गर्ने पाँचमध्ये एकको सुन्ने क्षमता कम भएको पत्ता लगाएको छ ।