१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन युथ एथ्लेटिक्समा नेपाललाई स्वर्ण पदक, बन्यो इतिहास



अ+ अ-

काठमाडौँ । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् । उनले तीन हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् ।

आइतबार हङकङमा भएको तीन हजार मिटर दौड यादवले ८ मिनेट ३०.३२ सेकेण्डमा दौड पूरा गरे । उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डको टाइमिङ निकालेकोमा सुधार गरे ।

यादव एसियन युथ एथ्लेटिक्समा भारतीय खेलाडीले बनाएको कीर्तिमान भन्दा ४ सेकेण्डले पछि रहे । २०१५ को एसियन युथ एथ्लेटिक्समा भारतका किसन नास्रीले बनाएको ८ मिनेट २६.२४ सेकेण्ड नै रेकर्ड रहेको छ ।

नेपाल एपीएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कांस्य पदक जिते ।

एसियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, उज्वेकिस्तान, इन्डोनेसिया, ओमन, भुटान, जोर्डन, किर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडीहरु सहभागी छन् ।