१४ आश्विन २०८१, सोमबार
,
Latest
सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमानमा जिउनुको नाम नै धर्म हो



अ+ अ-

काठमाडौँ । अहंकार विगतमा र भविष्यमा रहन्छ । वर्तमानमा उसको मृत्यु हुन्छ । वर्तमान अहंकारको मृत्यु हो । जहाँ अहंकार हुँदैन, त्यहाँ जे हुन्छ त्यही हुन्छ । अनि मन साह्रै अचम्मित हुन्छ । जसले परमात्माको अनुभूति लिन्छ ऊ चकित, अचम्मित र निःशब्द हुन्छ, जसले त्याग्न सक्छ ऊ चकित हुन्छ । किनकी कर गरेर जे हासिल हुँदैन त्यो छोडेर हुन्छ । आफूले गर्न नसक्ने कुरा जब हामी सक्दैनौ र थाकेर लाचार भएर हामी जब परमात्माको चरणमा पछौँ, त्यो तत्कालै हुन्छ ।
कतिपय कुराहरु गरेपछि हुन्छ । ती सबै सानासाना कुराहरु हुन् । हाम्रा लागि काम गर्ने नै अत्यन्त सानो छ । हाम्रा हातहरु कति ठूला छन् र ? हो बालुवा भर्नुपर्यो भने यही हातबाट भर्न सकिन्छ । ढुङ्गा, पत्थर उठाउनुपर्यो भने उठाउन सकिन्छ । तारा/चन्द्रमा त उठाउन सकिन्न । हातको सामथ्र्य कति छ ? यी हातमा सागर त भर्न सकिन्न । अनि परमात्मा सागर हुनुहुन्छ, परमात्मा विस्तारित हुनुहुन्छ । त्यसैले हामी उहाँलाई ‘ब्रह्म’ भन्छौँ । ब्रह्मको अर्थ जो फैलिन्छ ।
तिमीले थाहा पाएपछि छक्क पर्नेछौ कि आधुनिक भौतिक विज्ञानले भर्खरै ब्रह्माण्ड हरेक दिन विस्तार भइरहेको सिद्धान्त पत्ता लगाएको छ । यो जुन संसार फैलिरहेको छ, यो संसार विस्तार हुँदैछ । यो जस्ताको तस्तै छैन, यो फैलिरहेको छ । यो अत्यन्त छिटो फैलिरहेको छ, यो केवल फैलिन जारी छ । यी तारा/चन्द्रमा हरेक दिन तिमीबाट टाढा जाँदैछन्– धेरै तीव्र वेगमा । प्रकाशको गतिमा आफ्नो अस्तित्व विस्तार गरिरहेको छ ।
प्रकाशको गति धेरै छ । एक सेकेण्डमा एक लाख ८६ हजार माइल । राति जुन तारा तिमीले हेरिरहेका छौ, त्यो एक सेकेण्डमा तिमीदेखि एक लाख ८६ हजार माइल टाढा हुँदै गइरहेको छ । उसको अत्यधिक गतिका कारण नै तिमीलाई झिलमिलाहट महसुस हुन्छ । तारा जुन झिलमिलाहट महसुस हुन्छ त्यो के कारणले भने ऊ तीव्र वेगले भागिरहेको छ । रोकिएको पनि छैन । रोकिएको भए त झिलमिलाहट हुँदैनथियो । सारा अस्तित्व विस्तार भइरहेको छ ।
यो भर्खरै भौतिकशास्त्रीहरुले पत्ता लगाएका हुन् । तर भारत वर्षमा हामीले करिब १० हजार वर्षदेखि परमात्मालाई नाम दिएका छौँ– बह्म । यदि ब्रह्मको ठिकठाकरुपमा अङ्ग्रेजीमा अनुवाद गर्ने हो भने यो एक्सपान्सन (Expansion) हुन्छ जुन फैलिरहेको छ । ब्रह्मबाटै शब्द बनेको हो– विस्तार, विस्तीर्ण र वृहत् । जे ठूलो भइरहेको छ त्यो ब्रह्म । यो जगत्लाई हामी ब्रह्माण्ड भन्छौँ । यो त्यसको प्रकट रुप हो । यो विराटलाई हामी मानिसले साना साना मुठ्ठीहरुमा भर्न सक्छौ ? ब्रह्म त मुठ्ठी खोलेर पाइन्छ, मुठ्ठी बन्द गरेर पाइँदैन । अनि मुठ्ठी खोल्नुको अर्थ हो समर्पण ।
जसले आफ्नो इच्छामा त्याग्छ ऊ आश्चर्यचकित हुन्छ । एउटा घर छोडियो भने सम्पूर्ण घर आफ्नो बन्छन् । एउटा आँगन छोडियो भने सारा आकाश आफ्नो हुन्छ । एक थोपा पानी छोड्यो भने सारा सागर आफ्नो हुन्छ । अनि सबैभन्दा आश्चर्य यो हो कि अतित हराएको छ, भविष्य हराउँछ, वर्तमानमा स्थिरता हुन्छ । भक्तको यस्तै दशा हुन्छ जुन ऊ चाहन्छ । भक्त शुद्ध वर्तमानमा रहन्छ । उसको न कुनै पाप छ न कुनै पुण्य । यो महान कुरा हो । यो दोहोरो कुरा हो । यो सबै भेदहरुको अतिक्रमण हो । यो अवस्थामा वर्तमान क्षण नै सबै कुरा हो– त्यहाँ कुनै पश्चाताप छैन, कुनै पुण्यको आशङ्का छैन ।
हेर, चन्द्रमा र ताराहरु जीवित छन् । अहिले पनि फूल फुलिरहेका छन् । नदीहरु अझै बगिरहेका छन् । सागर अहिले पनि लहरहरुले भरिएका छन् । वृक्षहरुबाट अझै हावा गुज्रिरहेको छ । न वृक्षलाई हिजोको सम्झना छ न भोलिको चिन्ता छ । न तारा/चन्द्रमालाई हिजोको बारेमा थाहा थियो न भोलिका बारेमा थाहा हुनेछ । तिमी पनि यसरी नै जिउन सक्छौ र यसरी जिउनुको नाम नै धर्म हो, ध्यान हो ।
क्षणभरमा तिमीलाई समर्पण लिएर आउँछ । चिन्ता गयो, स्मृति गयो, कल्पना गयो । अचानक तिमी आफैँलाई पाउनेछौ– अहिले यहाँ, अहिले यहाँ परमात्मा हुनुहुन्छ र अहिले यहाँ अस्तित्व छ ।
साभार : ओशोधारा