१६ भाद्र २०८३, मंगलवार
,
Latest
उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्रीको यस्तो खाका, क्रिकेट मैदानदेखि देश नै परिवर्तन गर्दिने भाका !



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिहरुबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा एक एक वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्रामहरुको निर्माण कार्य लक्ष्यअनुरुप भइरहेको उल्लेख छ ।

यसैगरी खेल क्षेत्रको प्रशासनिक सुधार, खेलाडीको वृत्तिविकास, तालिम, प्रशिक्षण, सेवा/सुविधा, सम्मानभत्ता, पुरस्काररप्रोत्साहन, बीमा, नियमित प्रतियोगिता, खेल पर्यटनको विकास, साहसिक खेलको विकास र प्रवर्द्धनजस्ता काममा गुणात्मक फड्को मारेको तथ्य मन्त्रीले एक वर्षे कार्यकालमा गरेको कामको विवरणमा समेटेका छन् ।

यसैगरी मन्त्री विश्वकर्माले पत्रकारहरुका जिज्ञासाको जवाफ दिने क्रममा १८१ वटा खेल संघहरुलाई तीन भागमा वर्गिकरण गर्ने योजना पेश गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेल संघहरुलाई त्यही किसिमले राज्यले लगानी गर्ने, आर्थिक उर्पाजन तथा पर्यटन प्रवर्द्धनका हिसाबले दोस्रो र अन्यलाई तेस्रो तहमा वर्गीकरण गर्ने योजना रहेको बताए ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यामबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताए ।

मन्त्री विश्वकर्माले चालू आर्थिक वर्षभित्रै देशका विभिन्न भागमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना पनि बनाइएको बताए ।