१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा मोदीले डाके बैठक : निर्वाचन जित्न बन्दै छ यस्तो रणनीति !



अ+ अ-

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गर्नुभएको समाचारमा जनाइएको छ ।

शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल गरी अ आगामी आम निर्वाचनमा पार्टीका तर्फबाट ११ ओटा राज्यमा उठाइने उम्मेदवार छनौट गर्ने निर्णय भएको बताइएको छ ।

श्रोतका अनुसार उनीहरुले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पारेका छन् तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उक्त समितिले विहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरका लागि उम्मेदवारहरुको सूची बनाइएको बताइएको र चुनाव जित्ने रणनीति बनाएको बताइएको छ ।

पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरमा पहिलो चरणमा निर्वाचन हुन लागेको छ ।

सात चरणमा हुने निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भने अप्रिल ११ मा हुने तय भएको छ । मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि बैठकमा सहभागी हुनुभएको समाचारमा जनाइएको छ । –एएनआई