१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : छ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २४७.१७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १४ लाख ७७ हजार ८९२ कित्ता शेयर रु ३७ करोड १२ लाख ३६ हजार २५२ मा कारोवार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर कारोवार घटेको छ भने सात उपसमूहको शेयर भने बढेको छ । होटल २०.३६, विकास बैंक ४.६५ र अन्य उपसमूह ०.७१ विन्दुले घटेको छ । यस्तै बैंकिङ ७.६१, जलविद्युत् ९.१, वित्त ६.९२, निर्जीवन बीमा २.४४, उत्पादन ३५.४१, लघुवित्त १, जीवन बीमा ४५.८५ विन्दुले बढेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु चार करोड ४६ लाख एक हजार ४४० कारोवार भई शीर्ष स्थानमा पुगेको छ भने नेपाल इन्भेस्टमेन्ट बैंकको रु दुई करोड ९३ लाख ३१ हजार ५१७, एनआइसी एशिया बैंकको रु एक करोड ५४ लाख ४९ हजार ६९२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ४५ लाख छ हजार ९४३ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८४, युनाइटेट फाइनान्स ९.५५, श्रीराम सुगर मिल ८.५९, राधी विद्युत् कम्पनी ७.८३, जानकी फाइनान्स ६.८३, सिन्धु विकास बैंकका शेयरधनीले ६।४५ प्रतिशतले कमाएका छन् ।

यस्तै तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले ६.७४, घलेम्दी हाइड्रो पावर ४.९०, ङादी समूह ४.६१, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ४.३६ प्रतिशतले गुमाएका छन् ।