१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड भन्छन् : सीताले अमेरिकामा उपचार गर्ने मनसाय राखेपछि जान लागे



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका प्रसताज गरेका छन् । प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ पत्नी सीताले आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको बताईन्। दाहाल पत्नी सीता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित छिन् ।

अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सीताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले यस अघि सो रोगको उपचारका लागि पत्नी सीतालाई आफूले सिंगापुर पुर्याएको थिए ।

प्रचण्डका पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धी रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परीक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताए ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् ।

एक हप्ता भन्दा बढि उपचारको समय लागे पत्नी सीतालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।