१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक धावक सापकोटाद्वारा चैत्र २३ गतेदेखि सगरमाथा आरोहणकाे घोषणा



अ+ अ-


काठमाडौं । कवि तथा साहित्यकार, प्रथम मेची–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहण गर्ने भएका छन् । उनले यही चैत्र २३ गतेबाट उक्त आरोहण शुरु हुने जानकारी गराएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको जानकारी दिइयाे ।
आरोहणको बारेमा जानकारी गराउँदै साहित्यकार तथा धावक ‘विकल्प’ले आफू साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे ।
सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले घोषणा गरे ।
सर्वाेच्व शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मूर्ति, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने आफ्नो लक्ष्य रहेको उनले जनाए ।
आरोहणका लागि आफू मानसिक तथा शारिरीक दुवै रुपमा तयार रहेको बताउँदै उनले आरोहणमा आर्थिक सहयोग गर्ने कम्पनीको ‘कर्पोरेट– लोगो’लाई पनि सर्वोच्च शिखरमा पु¥याउने बताए । मेची–महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।
उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’
आफुद्धारा लिखित पुस्तक ‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।
साहित्यकार रामप्रसाद पन्तले उक्त आरोहणमा लाग्ने खर्चको केही प्रतिशत अझै उठ्न बाँकी रहेकोले आफूहरु रकम संकलनकै क्रममा रहेको सुनाए । उनले सम्पूर्ण साहित्यकारहरुको चाहनाअनुसार नै यो कार्य गर्न गैरहेको बताए ।
उक्त आरोहणलाई सफल तुल्याउनको लागि सहयोग गर्न चाहनेहरुले सनराईज बैंकको धुलिखेल शाखाको खाता नम्बर ०६७०४९७३५३७०१००१ मा रकम जम्मा गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।