१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने



अ+ अ-

काठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’ को पढाई हुने भएको छ। कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रद्वारा शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महशुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्नु भयो । नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पुर्‍याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बतानुभयो ।

सोल्टी होटलमा भएको कार्यक्रमको सुरुवात ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्यबाट भएको थियो। त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत गरेको थियो। तथ्य सामग्री प्रस्तुत गर्दै फ्याक्ट नेपालका मनिष झाले नेपालमा यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो।

त्यस्तै, साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पनि केही पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौति पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको औल्याउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले पनि आफ्ना भनाईहरु राख्दै डिजिटल नेपालको अवधारणमा जानको लागि सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरु भइरहेको बताउनु भएको छ । उहाँले सञ्चार मन्त्रालयमा पनि साइबर सेक्युरिटी सेन्टरको स्थापना भएको बताउनु भयो । उहाँले ब्रिटिस कलेजले यस्तो शैक्षिक कार्यक्रमको सुरुवात गरेको भन्दै अन्य कलेजहरुले पनि यस्तो विषयको पढाई थाल्नुपर्ने आह्वान गर्नु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताउनु भयो । यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उहाँले भन्नुभयो ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ। यस्ता शैक्षिक कार्यक्रमहरु मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मदत गर्न हामीले चाहेका छौं। साथै, यस कार्यक्रमबाट नेपाली युवाहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न ज्ञान र सीप प्राप्त गर्नेछन्।’

सीईओ कँडेलको सम्बोधनपछि प्यानल छलफल सुरु भएको थियो। नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक डा. राजिव सुब्बाले सजकर्ताको भूमिका निर्वाह गरेको प्यानल छलफलमा उहाँले नेपालमा साइबर सुरक्षा र डिजिटल फरेन्सिकको अवस्थालाई प्रकाश पार्नु भयो ।

प्यानल छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका निरिक्षण विभागका निर्देशक विजयकुमार रोय, खल्तीका सीइओ बिनय खड्का, इमिनेन्स वेजका कार्यकारी निर्देशक नारायण कोइराला, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायबउपरीक्षक पशुपति रे, स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीआईओ सुजित श्रेष्ठ तथा एनसेलका आइएटी विभाग प्रमुख यस्मिनी भट्टराईले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।

छलफल निकै फलदायी भएको थियो। कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ कार्यक्रमको पढाई सुरु हुने भएको छ ।