१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी सहायक निरीक्षक र लेखा अधिकृत विरूद्ध मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अायाेगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखीदिने भनी विभिन्न वहाना बनाई सेवाग्राहीसँग घुस मागकाे अाराेपमा विशेष अदालत काठमाडाैंमा अाराेप पत्र दायर गरेकाे छ ।

आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग एक लाख घुसबापतको रकम माग गरेको प्रमाण सहित नियन्त्रणमा लिइएकाे अायाेगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभएकाे छ ।

यसैगरी, कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठुलो रकम स्थानान्तरण गरी आफूलगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा अाराेप पत्र दायर गरेकाे छ ।

यसअघि नै अदालतकाे अादेशबाट निज ढकाल विरूद्ध रू. ७ कराेड २२ लाख ९३ हजार १३२ बिगो दाबी गरि मुद्दा दायर हुँदा सम्मानित बिशेष अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका छन् ।

ढकालले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अबधिमा समेत अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्ने सिलसिलामा निजको नाममा रहेका राष्ट्रिय वणिज्य बैंक र एन.एम.बी. बैंक लिमिटेडका खाताहरुमा जिल्ला स्वास्थ्य कार्यालयको विभिन्न मिति र च.नं. का पत्रहरूमा कार्यालयमा रहने प्रति र बैंकलाई पठाउने प्रतिमा व्यहोरा फरकफरक भएका गलत लिखत तयार पारी जम्मा रू.१४ लाख ८९ हजार ३०६ सरकारी रकम बदनियतसाथ अनधिकृतरुपमा व्यक्तिगत खातामा जम्मा गरी गराई निजी प्रयोगमा लगाएकाे पाइएकाे पनि अायाेगले जनाएकाे छ ।