१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

दाहाल अमेरिका, एकता प्रक्रिया केही समय लम्बिने

दाहाल अमेरिका, एकता प्रक्रिया केही समय लम्बिने
अ अ+ अ-

काठमाडौँ । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको प्रस्ताव तयार पार्न सघन छलफल गरे पनि एकता प्रक्रिया केही समय लम्बिने भएको छ । अध्यक्ष दाहाल अमेरिकातर्फ लागेपछि एकताले औपचारिकता पाउन समय लाग्ने भएको हो ।

केन्द्रमा एकता भएको नौ महिनासम्म तल्ला तहको एकीकरण हुन सकेको छैन । पार्टी एकताको बाँकी काम पूरा गर्न ढिलाइ भइरहेको भन्दै अध्यक्ष दाहालले आफू फर्केपछि टुंग्याउने जानकारी दिए । श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका उड्नुअघि दाहालले एकता र अन्य राजनीतिक विषय टुंग्याउन अझै घनिभूत छलफल आवश्यक रहेको बताए । १० दिनभित्र फर्किने जानकारी उनले दिए ।

पार्टी एकताका लागि प्रस्ताव तयार गर्ने कार्यदलले काम गर्न नसकेपछि सचिवालयले एकता टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार गत साता अध्यक्षद्वयले पटक(पटक छलफल गरेका थिए । जिल्ला तहको नेतृत्व टुंग्याउने गरी प्रत्येक जिल्लाकेन्द्रित छलफल भएको थियो । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । प्रारम्भिक केही प्रस्ताव तयार पनि भएको छ । अध्यक्ष फर्केपछि मात्र त्यसलाई थप परिस्कृत गरी सचिवालय र स्थायी समितिमा लैजाने तयारी छ ।

ुअध्यक्षहरूले केही गृहकार्य गर्नुभएको छ तर एक जना अध्यक्ष बाहिर जानुभएकाले उहाँ नफर्किंदासम्म बाँकी काम अघि बढदैन,ु कार्यालय सचिवको भूमिका निर्वाह गरिरहेका नेता कृष्णगोपाल श्रेष्ठले भने । नेकपाको एकीकरण पूरा नहुँदा तल्लो तहका गतिविधि शून्य छन् । केन्द्रीय नेताहरू कामविहीन अवस्थामा छन् ।

पूर्वएमाले र पूर्वमाओवादीको कमिटीले तदर्थ शैलीमा काम गरिरहेका छन् । एकीकृत पार्टीको पहिचानसहित तल्लो तहसम्म कुनै गतिविधि भएको छैन । केन्द्रीय समिति बनेको छ तर एउटा औपचारिकबाहेक बैठक बस्न सकेको छैन । केन्द्रीय नेताहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरिएको छैन । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि सबै प्रदेश कमिटीले पूर्णता पाइसकेका छैनन् ।

गत जेठमा एकता हुँदै गर्दा तीन महिनाभित्र एकीकरण सक्ने भनिएको थियो । एकताका लागि प्रस्ताव तयार गर्न भन्दै सुरुमा तल्लो कमिटीबाट नाम सिफारिस गर्ने, त्यो सिफारिसका आधारमा माथिबाट कमिटीहरूको टुंगो गर्ने विधि तय गरिएको थियो । सिफारिस भएका नाममै विवाद भएपछि त्यो काम अघि बढ्न सकेन । गत मंसिरको अन्तिम साता बसेको स्थायी समिति बैठकले एकताको बाँकी काम पूरा नभएको भन्दै व्यापक समीक्षा भयो ।

विगतमा गरेका निर्णयहरूमाथि पनि बैठकमा व्यापक छलफल भयो । उक्त छलफलमा अध्यक्षद्वय ओली र दाहालको कार्यशैलीप्रति अन्य नेताहरूले आपत्ति पनि जनाए । एक साताभन्दा बढी चलेको स्थायी समितिले पुस मसान्तभित्र सबै काम सक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गर्‍यो । एकताको प्रस्ताव तयार गर्न भन्दै रामबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनायो । त्यसले झन्डै डेढ महिनामा पनि आफ्नो जिम्मेवारी दिएका सबै काम पूरा गर्न सकेन । उल्टै कार्यदलका पाँच जना सदस्यले कार्यदलभित्रै छलफल गर्नका लागि संयोजकले समय उपलब्ध नगराएको भन्दै छुट्टै ज्ञापनपत्र अध्यक्षद्वयलाई बुझाए । कार्यदलका संयोजक थापाले विधानमा भएको प्रगतिको विषय जोडेर अध्यक्षहरूलाई प्रतिवेदन बुझाएका भन्ने खबर कान्तिपुर दैनिकमा छ ।