• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

दाहाल अमेरिका, एकता प्रक्रिया केही समय लम्बिने



काठमाडौँ । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको प्रस्ताव तयार पार्न सघन छलफल गरे पनि एकता प्रक्रिया केही समय लम्बिने भएको छ । अध्यक्ष दाहाल अमेरिकातर्फ लागेपछि एकताले औपचारिकता पाउन समय लाग्ने भएको हो ।

केन्द्रमा एकता भएको नौ महिनासम्म तल्ला तहको एकीकरण हुन सकेको छैन । पार्टी एकताको बाँकी काम पूरा गर्न ढिलाइ भइरहेको भन्दै अध्यक्ष दाहालले आफू फर्केपछि टुंग्याउने जानकारी दिए । श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका उड्नुअघि दाहालले एकता र अन्य राजनीतिक विषय टुंग्याउन अझै घनिभूत छलफल आवश्यक रहेको बताए । १० दिनभित्र फर्किने जानकारी उनले दिए ।

पार्टी एकताका लागि प्रस्ताव तयार गर्ने कार्यदलले काम गर्न नसकेपछि सचिवालयले एकता टुंग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । त्यही जिम्मेवारीअनुसार गत साता अध्यक्षद्वयले पटक(पटक छलफल गरेका थिए । जिल्ला तहको नेतृत्व टुंग्याउने गरी प्रत्येक जिल्लाकेन्द्रित छलफल भएको थियो । जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । प्रारम्भिक केही प्रस्ताव तयार पनि भएको छ । अध्यक्ष फर्केपछि मात्र त्यसलाई थप परिस्कृत गरी सचिवालय र स्थायी समितिमा लैजाने तयारी छ ।

ुअध्यक्षहरूले केही गृहकार्य गर्नुभएको छ तर एक जना अध्यक्ष बाहिर जानुभएकाले उहाँ नफर्किंदासम्म बाँकी काम अघि बढदैन,ु कार्यालय सचिवको भूमिका निर्वाह गरिरहेका नेता कृष्णगोपाल श्रेष्ठले भने । नेकपाको एकीकरण पूरा नहुँदा तल्लो तहका गतिविधि शून्य छन् । केन्द्रीय नेताहरू कामविहीन अवस्थामा छन् ।

पूर्वएमाले र पूर्वमाओवादीको कमिटीले तदर्थ शैलीमा काम गरिरहेका छन् । एकीकृत पार्टीको पहिचानसहित तल्लो तहसम्म कुनै गतिविधि भएको छैन । केन्द्रीय समिति बनेको छ तर एउटा औपचारिकबाहेक बैठक बस्न सकेको छैन । केन्द्रीय नेताहरूको कामको जिम्मेवारी पनि बाँडफाँट गरिएको छैन । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिए पनि सबै प्रदेश कमिटीले पूर्णता पाइसकेका छैनन् ।

गत जेठमा एकता हुँदै गर्दा तीन महिनाभित्र एकीकरण सक्ने भनिएको थियो । एकताका लागि प्रस्ताव तयार गर्न भन्दै सुरुमा तल्लो कमिटीबाट नाम सिफारिस गर्ने, त्यो सिफारिसका आधारमा माथिबाट कमिटीहरूको टुंगो गर्ने विधि तय गरिएको थियो । सिफारिस भएका नाममै विवाद भएपछि त्यो काम अघि बढ्न सकेन । गत मंसिरको अन्तिम साता बसेको स्थायी समिति बैठकले एकताको बाँकी काम पूरा नभएको भन्दै व्यापक समीक्षा भयो ।

विगतमा गरेका निर्णयहरूमाथि पनि बैठकमा व्यापक छलफल भयो । उक्त छलफलमा अध्यक्षद्वय ओली र दाहालको कार्यशैलीप्रति अन्य नेताहरूले आपत्ति पनि जनाए । एक साताभन्दा बढी चलेको स्थायी समितिले पुस मसान्तभित्र सबै काम सक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गर्‍यो । एकताको प्रस्ताव तयार गर्न भन्दै रामबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनायो । त्यसले झन्डै डेढ महिनामा पनि आफ्नो जिम्मेवारी दिएका सबै काम पूरा गर्न सकेन । उल्टै कार्यदलका पाँच जना सदस्यले कार्यदलभित्रै छलफल गर्नका लागि संयोजकले समय उपलब्ध नगराएको भन्दै छुट्टै ज्ञापनपत्र अध्यक्षद्वयलाई बुझाए । कार्यदलका संयोजक थापाले विधानमा भएको प्रगतिको विषय जोडेर अध्यक्षहरूलाई प्रतिवेदन बुझाएका भन्ने खबर कान्तिपुर दैनिकमा छ ।