६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटफ्लिक्समा सार्वजनिक भयो मनी हाइस्ट सिजन ५– को दोस्रो भाग



अ+ अ-

काठमाडौं । नेटफ्लिक्समा बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज 'मनि हाइस्ट सिजन ५' को दोस्रो भाग आज सार्वजनिक भएको छ । 

मनी हाइस्ट सिरिजको पाँचौ सिजनलाई दुई भागमा बाँडिएको छ । जसमध्ये पहिलो भाग भदौं १८ गते सार्वजनिक भएको थियो भने दोस्रो भाग आज सार्वजनिक भएको हो । नेपाली समयानुसार दिउँसो १ः४५ बजे यो सिरिज नेटफ्लिक्समा विश्वभर स्ट्रिमिङ भएको छ । 

पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड रहेका छन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् भने दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू रहेका छन् । 
 
बैंक लुटेराको कथामा बनेको यस सिरिज पहिला एन्टेना ३ च्यानलबाट स्पेनमा मात्रै प्रदर्शन भए पनि नेटफ्लिक्सबाट प्रदर्शन भएपछि संसारभरिका दर्शकको प्रिय सिरिज बन्न सफल रहेको छ । 

मूल स्पेनिस भाषाको यो सिरिज अंग्रेजी भाषामा डबिङ भएर आएपछि यो प्रख्यात हुन पुग्यो जसकारण मेकर र निर्माताले यसलाई बढाएर पाँचौँ सिजनसम्म पुर्याए । 

प्रत्येक शृंखलामा सस्पेन्स, एक्सन, प्रेम, घृणा र भावना रहेको यो सिरिज मनोरञ्जनको फुल डोज रहेको छ ।