![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/03/pool_VfhdYWreyK.jpg)
काठमाडौँ । चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन ।
२० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको छ ।
६० मिटर लामो पुलको बीचको ३० मिटर खण्ड अड्याउन १५० एमएम रेडियसको १५ वटा लठ्ठा दुवैतर्फ तान्नुपर्ने ठेक्का सम्झौता भए पनि मापदण्डविपरित ५ एमएम कम रेडियस भएको लठ्ठा हालेको भेटिएको खबर नयाँ पत्रिका दैनिकमा छ ।