१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

माइभ्याली गोल्डकप फाइनल : हिमालयन शेर्पा भर्सेस क्यामरुनको दाउफीन्स, कसले जित्ला ?

माइभ्याली गोल्डकप फाइनल : हिमालयन शेर्पा भर्सेस क्यामरुनको दाउफीन्स, कसले जित्ला ?
अ अ+ अ-

इलाम । माइभ्याली गोल्डकप पाँचौ संस्करणको फाइनलमा उपाधि लागि हिमालयन शेर्पा क्लब काठमाडौं र क्यामरुनको दाउफीन्स फुटबल क्लब भिड्ने भएका छन् । दुबै कल्ब पहिलो पटक मंगलबार प्रतिष्पर्धामा उत्रिन लागेका हुन् ।

यो सिजनमा नेपालमा तीन उपाधि हात पारेको विदेशी टिम दाउफीन्स ससक्त रुपमा उत्रने तयारीमा रहेको छ। जारी सिजनका ८ प्रतियोगितामा सहभागिता जनाएको दाफिन्सले पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको थियो।२१ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधि समेत जित्यो।

बुटबलमा सम्पन्न २१ औं तिलोत्तमा गोल्डकपको उपाधि भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो। पोखराको आहारारा गोल्डकपको १७ औं संस्करणमा दाफिन्सले पुलिसलाई तेस्रो पटक हराएको थियो। बलिया र अग्ला कदका अफ्रिकी खेलाडी नेपाली टिमका लागि चुनौती बनेका थिए।

हिमालयन शेर्पा पनि जारी प्रतियोगिताकै क्रममा साविक विजेता थ्री स्टार क्लबलाई पराजित गरी अग्रभागमा आइपुगेको छ। शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले अघिल्ला खेलभन्दा उत्कृष्ट खेल प्रर्दशन गर्ने तयारीमा रहेको बताए। हिमालयन शेर्पाले डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। यस संस्करणमा फाइनलमा भिडने टोलीहरु नयाँ हुन्।

सिजनमा दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागिय टिम त्रिभुवन आर्मीसँग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो। पोखरा कपमा अर्को विभागीय टिम एपिएफसँग २ण्१ ले पराजित हुन पुग्यो।

दुवै टिमका टोलि टीम मेनेजरहरुले गोल्डकपको उपाधि रक्षा गर्ने दावि प्रस्तुत गरेका छन् । सोमबार टुँडिखेलमा आयोजित प्री म्याच कन्फ्रेन्समा उनीहरुले दर्शकहरुसामु स्तरिय खेल प्रस्तुत गर्ने बताए ।

गत फागुन २६ देखि शुरु भएको माइभ्याली गोल्डकपमा देश विदेशका दश टिम सहभागि भएका थिए । प्रतियोगिताको पहिलो पुरस्कार राशी सात लाख रुपैया रहेको छ । माइभ्याली गोल्डकपमा दर्शकहरुको उपस्थिति बाक्लो रहने गरेको छ ।