११ असार २०८३, बिहीबार
,
Latest
जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्दिवारी गाउँमा पुल,बाँसे पुलको धराप यात्रा अन्त्य



अ+ अ-

भद्रपुर । समृद्ध हल्दिवारी सवल गाउँबासी अभियान सञ्चालन गरिरहेको हल्दिवारी गाउँ पालिकाले पुर्वाधार विकास अन्र्तगत सिमान्तकृत बस्ती जोड्न पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

३७ लाख लागतमा हल्दिवारी ३ तथा ४ नम्बर वडा जोड्ने काजली खोला पुलको निर्माण सम्पन्न गरी वर्षौंदेखिको स्थानीयको बाँसे पुलको धराप यात्रा अन्त्य गरी पक्की पुल सञ्चालनमा ल्याइएको हो । विकट बस्तीका रूपमा रहेको डाँडागाउँ क्षेत्रमा रहेका स्थानीयको वर्षादको यात्रा सहज बनाउन पुल निर्माणको माग वर्षौंदेखि भए पनि यस पटक पूरा भएकोमा स्थानीयमा हर्ष छाएको देखिन्थ्यो ।

आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा कृषि पेशामा आश्रित कृषकहरूको बस्ती रहेको सो क्षेत्रमा बाँसे पुलको भरमा खोला तर्नु पर्ने बाध्यताले हजारौंको जीवनयात्रा जोखिममा रहेको थियो । स्थानीय सरकारको गठनपछि बल्ल नागरिकको आवाज सुनुवाइ भएको भन्दै स्थानीयले पुल निर्माणमा सकारात्म पहल र महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि महेशलाल मेचेमाथि आभार प्रकट गरे । वडा नम्बर ४ का वडा सदस्य रहेका मेचेले सो बस्तीका बासिन्दाको वर्षौंदेखिको माग पूरा गराउन स्थानीय सरकारसित निरन्तर पहल तथा खवरदारी गरेका थिए ।

डाँडा गाउँ टोल विकास संस्थाको मातहतमा निर्माण समिति बनाई १२ लाख जनश्रमदान सहित गाउँ पालिकाको २५ लाख अनुदान गरी ३७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुलको गाउँ पालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गिरीले समृद्ध हल्दिवारी सवल गाउँ बासी अभियान सफल बनाउन गाउँ पालिका क्षेत्रमा ४० वटा पुल निर्माण सुरू भइसकेको जानकारी दिए । उनले कृषि क्षेत्रको पहिचान पाएको हल्दिवारीको उन्नतिका लागि सडक र पुल निर्माण पहिलो चरणमा तीब्र बनाइएको प्रष्ट