६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्दिवारी गाउँमा पुल,बाँसे पुलको धराप यात्रा अन्त्य



अ+ अ-

भद्रपुर । समृद्ध हल्दिवारी सवल गाउँबासी अभियान सञ्चालन गरिरहेको हल्दिवारी गाउँ पालिकाले पुर्वाधार विकास अन्र्तगत सिमान्तकृत बस्ती जोड्न पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

३७ लाख लागतमा हल्दिवारी ३ तथा ४ नम्बर वडा जोड्ने काजली खोला पुलको निर्माण सम्पन्न गरी वर्षौंदेखिको स्थानीयको बाँसे पुलको धराप यात्रा अन्त्य गरी पक्की पुल सञ्चालनमा ल्याइएको हो । विकट बस्तीका रूपमा रहेको डाँडागाउँ क्षेत्रमा रहेका स्थानीयको वर्षादको यात्रा सहज बनाउन पुल निर्माणको माग वर्षौंदेखि भए पनि यस पटक पूरा भएकोमा स्थानीयमा हर्ष छाएको देखिन्थ्यो ।

आदिवासी, जनजाति, दलित, सिमान्तकृत तथा कृषि पेशामा आश्रित कृषकहरूको बस्ती रहेको सो क्षेत्रमा बाँसे पुलको भरमा खोला तर्नु पर्ने बाध्यताले हजारौंको जीवनयात्रा जोखिममा रहेको थियो । स्थानीय सरकारको गठनपछि बल्ल नागरिकको आवाज सुनुवाइ भएको भन्दै स्थानीयले पुल निर्माणमा सकारात्म पहल र महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधि महेशलाल मेचेमाथि आभार प्रकट गरे । वडा नम्बर ४ का वडा सदस्य रहेका मेचेले सो बस्तीका बासिन्दाको वर्षौंदेखिको माग पूरा गराउन स्थानीय सरकारसित निरन्तर पहल तथा खवरदारी गरेका थिए ।

डाँडा गाउँ टोल विकास संस्थाको मातहतमा निर्माण समिति बनाई १२ लाख जनश्रमदान सहित गाउँ पालिकाको २५ लाख अनुदान गरी ३७ लाख लागतमा निर्माण सम्पन्न गरिएको पुलको गाउँ पालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गिरीले समृद्ध हल्दिवारी सवल गाउँ बासी अभियान सफल बनाउन गाउँ पालिका क्षेत्रमा ४० वटा पुल निर्माण सुरू भइसकेको जानकारी दिए । उनले कृषि क्षेत्रको पहिचान पाएको हल्दिवारीको उन्नतिका लागि सडक र पुल निर्माण पहिलो चरणमा तीब्र बनाइएको प्रष्ट