६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ



अ+ अ-

रुकुम पश्चिम । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक बाबुलाई छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बाबुले गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको खड्काले बताए ।

प्रहरीका अनुसार उनले छोरीमाथि २ वर्षबाट निरन्तर जवरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ । प्रहरीले पक्राउ पर्नेको नाम थर भने खुलाएको छैन् ।