११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको होली, खेल्न नपाइने मन खोली !



अ+ अ-

काठमाडौँ । काठमाडौँ प्रहरी परिसरले होली पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौँ प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।

लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

लामाका अनुसार होलीको दिन काठमाडौँमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिनेछ । उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ ।