६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीति एल्बम ‘नाचन नाचन’ सार्वजनिक



अ+ अ-

काठमाडौँ: विगत २५ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर क्रियाशील गायक सुरजकुमार थापाको आधुनिक गीति एल्बम ‘नाचन नाचन’ सार्वजनिक भएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रममा सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र सङ्गीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरजकुमार थापा स्वयंमको रहेको जानकारी दिइयो ।

नेपाली लोक तथा आधुनिक बाध्य यन्त्रहरूको संयोजनमा तयार पारिएको सो गीतलाई मिक्सिङ तथा मास्टरिङ अशोक महर्जन र रेकर्डिङ शम्भुकुमार तण्डुकारले गर्नुभएको छ ।

विगत १५ वर्षदेखि चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ मा आबद्ध गायक थापा विगत १७ वर्षदेखि विभिन्न विद्यालयमा सङ्गीत शिक्षकको रुपमा कार्यरत रहनुभएको छ । 

‘पश्चिम कोही पूर्व घर’ (चर्चित राष्ट्रिय गीत), ‘यस पालि त जन्ते बाख्रो खान पाइने भो’, ‘गहिरो घाउ’, ‘भो माया लाउँदिन’ लगायत गीतमा स्वर दिइसक्नुभएका गायक थापाले हालसम्म ‘चिनारी’, ‘क्यानभास’ र ‘परिभाषा’ गरी तीनवटा एकल र थुप्रै कलेक्सन एल्बममा स्वर दिनुभएको छ । केही नेपाली चलचित्रमा उहाँको पाश्व स्वर रहेको छ ।