६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्लिल युट्युब कार्यक्रम सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौँ — अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी परिसर काठमाडौंले ‘मस्ती टक टाईम’ नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए । उनले भने, ‘अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् ।’

फुलचोकी मिडिया हाउस प्रा‌लिको नाममा उत्पादित उक्तकार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुकोअन्तर्वार्तागरिन्छ । जसमा कार्यक्रम प्रस्तोताले अश्लिल प्रश्नहरु त सोध्छन् नै, निजी जीवनसँग सम्बन्धित यौनजन्य जिज्ञासा पनि सोध्छन् ।