• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

प्रधानमन्त्रीद्वारा हतियार प्रयोगमा रोक



न्युजील्याण्ड । प्रधानमन्त्री जाकिन्दा आर्डेनले सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी छन् ।
गएको शुक्रबार क्राइस्ट चर्च क्षेत्रका दुई मश्जिदमा एक व्यक्तिको गोली प्रहारबाट ५० जना मानिसको ज्यान गएपछि प्रधानमन्त्रीले पछिल्ले घोषणा गरेकी हुन् ।

अर्ध स्वचालित हतियारहरु जुन शुक्रबारको आक्रमणमा प्रयोग भएका थिए त्यस्ता हतियार प्रयोगमा रोक लगाउने सम्बन्धी कानुन तत्कालै ल्याइने समेत उनले जनाइन् ।

उनले यस सम्बन्धी कानुन अप्रिल ११ सम्ममा आउने उल्लेख गर्दै अहिले बन्दुक बोक्ने जसले ती हतियार बुझाउन चाहन्छन् अहिलेबाटै बुझाउन थाल्न उनीहरुलाई आग्रह समेत गरेकी छन् । गएको सोमबार न्युजील्याण्डको मन्त्रिपरिषद्ले बन्दुक सम्बन्धी कानुन पुनरावलोकनको लागि सैद्धान्तिक सहमति जनाएकोमा विहीबार प्रधानमन्त्रीले सोही अनुसारको घोषणा गरेकी बीबीसीले जनाएको छ ।