६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे वनमा लागेको डढेलो नियन्त्रण बाहिर



अ+ अ-

उदयपुर । उदयपुरको झण्डै डेढ सय हेक्टर चुरे वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ सुख्खा मौसमसँगै चुरे क्षेत्रका वनमा आगोलागीको समस्या बढ्ने गरेको छ ।

समथर क्षेत्रमा रहेको सामुदायिक वनमा त्यहाँ रहेका उपभोक्ता समूहले डढेलो नियन्त्रणमा चासो नदिंदा बर्षोनी डढेलो लाग्ने गरेको छ । डढेलोले चुरे क्षेत्रका केही बस्तीलाई नौ जोखिममा पारेको छ भने हजारौं हेक्टर जंगलको काठपातका साथै बन्यजन्तु समेत नष्ट गरेको छ । हिँउदको समयमा कतिपय स्थानमा स्थानीयले नै घास पलाउने र काठपात सहजै उपलब्ध हुने भन्दै आगो लगाउदै आएका छन् ।

अअहिले लगिरहेको डढेलो वन कर्मचारी र स्थानीय तहका दमकल प्रयोग गरेर नियन्त्रण प्रयास गरिरहेका छन् ।

डढेलोबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको डिभिजन वन कार्यालयहरुले जनाएका छन् । गतवर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।