३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे वनमा लागेको डढेलो नियन्त्रण बाहिर



अ+ अ-

उदयपुर । उदयपुरको झण्डै डेढ सय हेक्टर चुरे वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ सुख्खा मौसमसँगै चुरे क्षेत्रका वनमा आगोलागीको समस्या बढ्ने गरेको छ ।

समथर क्षेत्रमा रहेको सामुदायिक वनमा त्यहाँ रहेका उपभोक्ता समूहले डढेलो नियन्त्रणमा चासो नदिंदा बर्षोनी डढेलो लाग्ने गरेको छ । डढेलोले चुरे क्षेत्रका केही बस्तीलाई नौ जोखिममा पारेको छ भने हजारौं हेक्टर जंगलको काठपातका साथै बन्यजन्तु समेत नष्ट गरेको छ । हिँउदको समयमा कतिपय स्थानमा स्थानीयले नै घास पलाउने र काठपात सहजै उपलब्ध हुने भन्दै आगो लगाउदै आएका छन् ।

अअहिले लगिरहेको डढेलो वन कर्मचारी र स्थानीय तहका दमकल प्रयोग गरेर नियन्त्रण प्रयास गरिरहेका छन् ।

डढेलोबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको डिभिजन वन कार्यालयहरुले जनाएका छन् । गतवर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।




भर्खरै