७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा उद्यमी महिला मेला हुने



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाका १६ नम्बर वडाको आयोजनामा उद्यमी महिला मेला हुने भएको छ । 

ललितपुर महानगरपालिका १६ नम्बर वडाको मुख्य भागमा अवस्थित नागबहालमा मेला फागुन २७, २८ र २९ गते सञ्चालन हुने भएको हो । महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ, नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसँगको सहकार्यमा मेला आयोजना हुनेछ । स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रवद्र्धन गरी महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको ललितपुर महानगरपालिका १६ नम्बर वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनु भयो । 

उहाँले हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फुटन गराउने मेलाको अर्को उद्देश्य भएको बताउनु भयो ।

मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, लत्ता कपडा र सजावटका सामग्रीहरु गरी ५ वटा स्टल रहनेछन् । हस्तकला सामग्रीहरु सहुलियत दरमा बिक्री गर्ने स्टलहरु पनि मेलाा रहने आयोजकले जनाएको छ ।